वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआरएनले विशेष नागरिकता पाउने, भोट खसाल्ने, उम्मेदवार बन्ने अधिकार भने नपाउने

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । गैर आवासीय नेपाली (एनआरएन) ले विशेष नागरिकता पाउने भएका छन् । शुक्रबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले नागरिकताका विषयमा दलहरुबीच भएको विवादको टुङगो लगाउने क्रममा सो विषयमा सहमति जुटेको हो । यो  नागरिकता लिनेको सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार समेत सुरक्षित हुनेछ । तर भोट खसाल्ने, उम्मेदवार बन्नेलगायतको राजनीतिक अधिकार भने पाउने छैनन् ।

DSC_0919_copy
नेपालको संविधानमा नागरिकता सम्बन्धी महलमा यसअघि वंशज, अंगीकृत र मानार्थ गरी तीन किसिमका नागरिकता मात्र रहेकोमा सो सहमति भएसँगै अब “विशेष नागरिकता” पनि थप हुने छ ।

विशेष नागरिकता वाहकलाई राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन् । गैर आवासीय नेपाली सम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार हाल गैर आवासीय नेपाली भन्नाले भारत लगायतका सार्क मुलुक बाहिरका राष्ट्रमा दुई वर्ष बस्ने नेपालीलाई बुझिन्छ ।
यद्यपी उनीहरुलाई सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता आर्थिक अधिकार हुनेछन् । गैर आवासीय नेपाली स्वदेश फकिर्एर पाँच वर्ष बसोबास गरे त्याग गरेको नागरिकता समेत पुनः प्राप्त गर्न सक्ने सहमति भएको छ ।

त्यसरी प्राप्त गर्ने नागरिकता अंगीकृत त्याग गरेको भए अंगीकृत तथा वंशज नागरिकता त्याग गरेको भए वंशजकै आधारमा पाउने पनि सहमति भएको छ । नया संविधानमा बाबु र आमाको ठेगान नखुलेको अनाथले पनि वंशजकै आधारमा नागरिकता प्राप्त गर्नेछन् ।

यद्यपि भविष्यमा उनीहरुको देश र बाबुआमा अन्यथा पर्न गएको खुलेमा नागरिकता खारेज हुने, राष्ट्रपति, प्रधानमन्त्री लगायत नेपालको संवैधानिक अङगका प्रमुख बन्न भने वंशजकै आधारमा नागरिकता प्राप्त हुनुपर्ने व्यवस्था गरिने छ ।

हङकङ र व्रिटीस लाहुरेले पनि विशेष नागरिकता नै पाउने भएका छन् । उनीहरुले दोहोरो नागरिकता माग गर्दै समिति सभापति डाक्टर बाबुराम भट्टराईलाई केही दिन अघि ज्ञापनपत्र समेत बुझाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ