वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘विन्ड सोलार हाइव्रिड इनर्जी सिष्टम’ को जिम्मा इपीएसलाई

अर्थटुडे
२०७१ जेष्ठ २६, सोमबार

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले ‘विन्ड सोलार हाइव्रिड इनर्जी सिष्टम’ वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र (एइपिसी)लाई जिम्मा लगाएको छ ।
एडीवीले यसलाई पाइलट प्रोजेक्टको रुपमा निर्माण गरेको थियो । नवलपरासीको धाउबडी गाविसमा निर्माण गरिएको इनर्जी सिष्टमबाट स्थानिय ४६ घरधुरीले बत्ति बालिसकेका छन् ।
एडिबीले हावाबाट बिजुली निकाल्ने साना परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजना सन् २०११ मा नवलपरासीमा सञ्चालन गरिएको थियो । सुरु देखि नै कार्यान्वयन गर्ने निकाय एइपिसी नै थियो ।
एडिबीको सबैका लागि उर्जा कार्यक्रम अन्तर्गत हावाबाट विजुली निकाल्ने परियोजनाका लागि नेपाल सहित अन्य ३ देशमा पनि सो कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ