वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वस्तिक क्यापिटलले विकास गर्यो ‘स्वस्तिक पोर्टफोलियो’ नामक वेब एप्लिकेशन

अर्थटुडे
२०७१ आश्विन १०, शुक्रबार

काठमाडौं । स्वस्तिक क्यापिटलले ‘स्वस्तिक पोर्टफोलियो’ नामक वेब एप्लिकेशन बिकास गरेको छ । लगानी ट्रयाक गर्ने सुविधा दिने उदेश्यले शनिवार सो एप्लिकेशन सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार सो वेव एप्लिकेसनबाट लगानीकर्ताले आफुले गरेको लगानी र प्रक्षेपित नेटवर्थ लगायत जानकारी लिन सकिने छ । हाल यो सेवा प्रयोगकर्ताले धितोपत्र बजारमा भएको आङ्खनो लगानीको ट्रयाक गर्न सक्नेछन भने सेवा सुरक्षित रहेको कम्पनीको दावी रहेको छ ।
कम्पनीका अनुसार यो सेवा लिएर लगानीकर्ताको तिरेको र प्राप्त गरेको भुक्तानीहरुको पनि जानकारी पाउन सक्ने छन । सर्वसाधारणले निशुल्क रुपमा स्वस्तिक पोर्टफोलियो डट कममा गएर आफ्नो लगानीको ट्रयाक गर्न सक्नेछन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ