वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यही २५ गते देखि डिभीको आवेदन खुल्ला

अर्थटुडे
२०७१ आश्विन ११, शनिबार

काठमाडौं । सन् २०१६ को डाइभर्सिटी भिसा ( डिभी) कार्यक्रमको लागि असोज १५ गते देखि आवेदन खुल्दैछ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार आगामी कात्तिक १७ गते नेपालको स्थानीय समयअनुसार १० बजेर ४५ मिनेट जाँदासम्म डिभीको फर्म भर्न सकिने छ ।

अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले आग्रह गरेको छ भने डिभी चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि दिएको छ ।

२०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन विद्युतीय रूपमा दर्ता अवधिभित्र पेश गर्नुपर्नेछ । आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सक्नेछन् ।

दर्ता गर्दा आफ्ना पति / पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचित गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ