वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकममा आन्दोलनरत पक्षसँग सहमति, सहमतिपछि आन्दोलन रोकियो

अर्थटुडे
२०७१ आश्विन ११, शनिबार

काठमाडौं । नेपाल टेलिकममा कार्यरत प्राविधिकहरुले गरेको आन्दोलन फिर्ता लिएका छन् । टेलिकममा कार्यरत प्राविधिक र टेलकम व्यवस्थापनविच अबदेखि प्रबन्ध निर्देशक हुँदा नयाँ प्रक्रियाबाट गराउने र आन्तरिक संस्थागत सुधारका विषयमा कुरा मिलेपछि आन्दोलनरत प्राविधिकहरुले आन्दोलन फिर्ता लिएका हुन् । nepal telicome
सहमतिमा नौ बुदाहरु रहेको आन्दोलनरत प्राविधिक कर्मचारीहरुले जानकारी दिएका छन् । सरकारले गैर प्राविधिक कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउको भन्दै केही दिनदेखि टेलिकमका प्राविधिकहरु आन्दोलनरत थिए । सो सहमति शुक्रबार सञ्चार सचिव तथा कम्पनीका अध्यक्ष सुनिलबहादुर मल्ल र आन्दोलित कर्मचारीबीच भएको थियो । सहमति भएका कुराहरु छ महिनाभित्र लागु नभएमा फेरी आन्दोलन गरिने कर्मचारीहरुले बताएका छन् ।
यस्तै आन्दोलन स्थगित भएपछि टेलिकमका उपभोक्ताले दसैं अफर पाउने भएका छन् । घटस्थापनादेखि नै लागु हुनेगरी टेलिकमले विभन्न अफर तथा स्किम बनाएर राखेको भएपनि प्राविधिकहरुको आन्दोलनका कारण लागु हुन सकेको थिएन । दशैलाई मध्यनजर गर्दै बनाइएको अफर आइतबारदेखि सार्वजनिक हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ