वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेल मेलामा रमाए दर्शक

अर्थटुडे
२०७१ आश्विन १२, आईतवार

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकसँग दशैंको शुभकामना तथा खुशीयाली साट्ने उदेश्यले शनिवार जावलाखेलमा “एनसेल मेला” गरेको छ । बडादशैंको सुअवसरमा देशका आठ प्रमुख शहरहरुमा एनसेल मेला आयोजना गरेपछि जावलाखेलमा सो मेलाको आयोजना गरेको हो ।

Visitors gather as concert starts at Ncell Mela
मेलामा मनोरञ्जनात्मक कार्यक्रमहरु सँगै शुभकामना तथा उपहारहरु आदान प्रदान गरिएको थियो । मेलामा एनसेलका तर्फबाट रहेको स्टलहरुबाट आगन्तुकले एनसेलका सेवाहरुको जानकारी लिदै, सिम तथा रिचार्ज कार्डहरु खरिद गरेका थिए । गीत–संगितको प्रस्तुतीले मेलालाई थप मनोरञ्जनात्मक बनाएको थियो । कन्सर्टमा गायक आस्था बिले प्रस्तुती दिंदा युवायुवतीहरुको उपस्थिती बढ्दै गएको थियो भने सुगम पोखरेलको प्रस्तुतीमा दर्शकहरु झुम्दै नाचेका थिए ।

महोत्सवका आकर्षणमा रहेका गायकहरु दिपक बज्राचार्य, मुक्ति एण्ड रिभाइभल, यम वुद्ध लगायतले आ–आफना चर्चित गीतहरु गाउदा दर्शकहरु पनि सँगसँग नाचेका थिए । हास्य कलाकार जितु नेपालले उपस्थित सबैलाई पेट मिचिमिचि हसाएका थिए ।

“चाडपर्वको सुअवसरमा आफ्ना ग्राहकलाई धन्यवाद ज्ञापन गर्न तथा शुभकामना आदान प्रदान गर्न हामीले एनसेल मेला गरेका थियौं । प्रत्येक सहरमा हजारौंको संख्यामा उपस्थित भई मेलालाई भव्यताका साथ सफल बनाउनु भएकोमा हामी सबैलाई धन्यवाद दिन चाहन्छौं । यसले हामीलाई थप उर्जा प्रदान गरेको छ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ