वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विभिन्न कार्यक्रम गरी मनाइयो विश्व पर्यटन दिवस

अर्थटुडे
२०७१ आश्विन १२, आईतवार

काठमाडौं । “पर्यटन र समुदायिक विकास” भन्ने नाराका साथ ३५ औ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो । नेपालमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटन व्यवसायी संघसंस्था तथा सरोकारबालाहरुले संयुक्त रुपमा पर्यटन दिवस मनाए ।

tourist
शनिवार काठमाडौंको ठमेलबाट बसन्तपुरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । संस्कृतिको संरक्षण विश्वभर चुनौतिपूर्ण बन्दै गएकोवेला नेपालमा संस्कृतिको संरक्षणमा सरकार र सम्वन्धित पक्षले जोड दिनुपर्ने सरोकारवालाहरुले बताए । सो कार्यक्रममा बोल्दै टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले संस्कृतिको धरोहर मानिने नेपालमा राज्यपक्षबाट संरक्षणका कार्यक्रमहरु हुन नसकेको बताए ।

नेपाल पर्यटन बोर्ड तथालिंग हुदा प्रबद्र्धनका कार्यक्रम अगाडी बढ्न नसकेको बताउँदै उनले भने सरकारले छिटोभन्दा छिटो बोर्डको समस्या समाधान गर्नुपर्छ । कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा), होटल एसोसिएनसन (हान) एसिया प्यासिफिक (पाटा) नेपाल च्याप्टर लगायत विभिन्न पर्यटन सम्बन्धी संघसंस्थाहरुको उपस्थिति रहेको थियो । हरेक वर्ष २७ सेप्टेम्वरको दिन विश्व पर्यटन दिवस मनाइदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ