वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमद्धारा दशैं तिहारमा आकर्षक छुटको घोषणा

अर्थटुडे
२०७१ आश्विन १२, आईतवार

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैं तिहारमा ग्राहकहरुका लागि आकर्षक छुटको घोषणा गरेको छ ।

टेलिकममा गैर प्राविधिकलाई नियुक्त गरेको विरोधमा प्राविधिकहरुले आन्दोलन गरेका कारण टेलिकमले आफ्ना ग्राहकलाई दशै तिहारको छुट केही ढिला गरिदिएको हो । nepal telicome

गत शुक्रबार टेलिकम व्यवस्थापन र आन्दोलनरत प्राविधिकहरुसँग भएको सहमति पछि आइतबारबाट लागु हुने गरी ग्राहकलाई दशैतिहार छुट योजना अघि सारिएको हो ।

टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा थ्रिजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो इन्टरनेट प्रतिएमबी ४० पैसामा उपलब्ध गराउने छ । छुट दशैंमा असोज १३ गतेदेखि २१ गतेसम्म र तिहारमा कार्तिक ४ गतेदेखि १३ गतेसम्म उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

टेलिकमले यस अवधिमा जीएसएम र सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने कलको विद्यमान महशुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।
छुटपछि ग्राहकले जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट प्रतिमिनेट ९० पैसा र प्रिपेड मोबाइलबाट प्रतिमिनेट एक रुपैयाँ ३५ पैसमा कल गर्न सक्नेछन् ।
जीएसएम तथा सीडीएमए सेवामार्फत कम्पनीकै नेटवर्कमा हुने एसएमएस सेवाको विद्यमान महशुल दरमा ५० प्रतिशत छुट दिइएको छ । यस अवधिमा ग्राहकले ५० पैसामा एसएमएस गर्न सक्छन् ।

पिएसटीएन तथा सी फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महशुलमा २७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइएको छ । अहिले न्यूनतम मासिक महशुल दुई सय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध छ ।

असोज १४ गतेदेखि २१ गतेभित्र अनलिमिटेड एडीएसएल तथा वाईम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि असोज २२ गतेसम्म थप गरिएको छ । त्यस्तै, कार्तिक ६ गतेदेखि १२ गतेभित्र समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कर्तिक १३ गतेसम्म थप गरिएको छ ।

सीडीएमए सेवाका ग्राहकहरुलाई यस अवधिमा प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ । यसअनुसार उक्त अवधिभित्र प्रत्येक दुई रुपैयाँको रिचार्ज गर्दा २० रुपैयाँ र पाँच सय रुपैयाँको रिचार्ज गर्दा ७५ रुपैयाँ तथा एक हजार रुपैयाँको रिचार्ज गर्दा दुई सय रुपैयाँ बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ