वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतले भने— “अव विदेशी लगानी ताँती लागेर आउने छ”

अर्थटुडे
२०७१ आश्विन १२, आईतवार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भारतसँग बिद्युत व्यापार सम्झौता गरेपछि नेपालमा विदेशी लगानी ताँती लागेर आउने बताएका छन् ।RamSharan-Mahat उनले केही दिनअघि सरकारले गरेको पीटीए र पीडीएले छिटै नै थप दुई हजार मेगावाटका बिद्युत आयोजनाहरु सञ्चालनमा आउने जानकारी दिदै भने “अव विदेशी लगानी ताँती लागेर आउनेछ ”।

बिद्युत लोडसेडिङ हट्ने मात्र होइन, बिजुली निर्यातबाटै मुलुकले अर्बौ नाफा गर्नेछ, अहिलेसम्म बिजुली उत्पादनको गफ मात्र गरिएको उल्लेख गर्दै अर्थमन्त्री डा.महतले अहिलेसम्म संभावनाको १ प्रतिशत बिजुली उत्पादन नभएकोले सरकारले पीटीए र पीडीएका साहसिक निर्णय गरेपछि अन्य आयोजनाहरुमा पनि लगानी आउने दावी गरे ।
उनले भने “अन्य आयाजनामा विदेशी लगानी आएमा आधुनिक उद्योगधन्दाहरु खुल्न सहयोग पुग्नेछ जसले गर्दा नेपालको आधुनिक अर्थतन्त्र तीब्रतर रुपमा अगाडि बढ्नेछ” । जनताको आम्दानी बढाउनकै लागि बिद्युत उत्पादनका लागि विदेशी लगानी भित्र्याउन सम्झौता गरिएको जानकारी दिदै अर्थमन्त्री डा.महतले स्पष्ट पारे । विश्व नै अहिले आर्थिक विकासको अभियानमा रहेको चर्चा गर्दै उनले नेपाल पनि यो अभियान सँगसँगै अघि बढ्ने र यो अभियानलाई कसैले रोक्न नसक्ने बताए ।
झापाको पृथ्वीनगरमा साना किसानहरुद्वारा प्रवद्र्धित साना किसान चिया उद्योगको उद्घाटन गर्दै डा. महतले नेपालको समृद्धिका लागि कृषि क्षेत्रमा अपार तागत भएको भन्दै सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत सस्तो ब्याजदरमा ऋणको व्यवस्था गरिदिएको र ब्याजदरको लागि कार्यबिधि स्वीकृत भैसकेकोले अव यसलाई चाँडै नै कार्यान्वयनमा ल्याइने बताए ।
साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको उक्त कारखानामा करिब २२५ किसानहरु संलग्न रहेका छन । २५० बिगाहा क्षेत्रफलमा फैलिएको यस चिया बगानमा सरकारले पनि ३ करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । चालु आर्थिक बर्षको बजेटमार्फत भ्याट छुट गरी चिया उद्योगलाई प्रबद्र्धन गर्न थालेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ