वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशै नजिकिदै गर्दा सेयरबजार उकालो तर्फ,सोमबार २० अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ आश्विन १३, सोमबार

काठमाडौं। दशैं नजिकिदै गर्दा पनि सोमबार नेप्से २०.६८ अंकले बढेको छ । सोमबार सम्पुर्ण समुहगत परिसुचांक बढेको छ ।nepal stock exchange

बुझेका लगानीकर्तारुले दशैको मुखमा लगानी गर्दा नेप्से बढेको हो । सोमबार नोक्सानमा रहेको ग्राण्ड बैंकको सेयरमा पनि लगानीकर्ताको आकर्षण देखियो ।

यो दिन बैंकको तीन करोड रुपैयाँको कारोबार भयो भने दुई सय सात कायम रुपैयाँ कायम भयो । बैंक गत आवमा एक अर्ब ६० करोड रुपैयाँ नोक्सानमा रहेको थियो ।
त्यस्तै बुक क्लोज भइसकेको सिटिजन्स बैंकको पनि दुई करोड आठ लाख रुपैयाँको कारोबार भयो । बैंकको सेयर मूल्य चार सय ६२ रुपैयाँ भएको छ ।
सोमबार एक सय २७ कम्पनीको कारोबार भएकोमा ८४ कम्पनीको सेयर मूल्य बढ्यो भने २७ कम्पनीको घटेको छ । यो दिन २९ करोड रुपैयाँ बराबरको ५ लाख ९८ कित्ता सेयरको कारोबार भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ