वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक वर्षको पहिलो महिनामै व्यापार घाटा ५१ अर्व ६४ करोड, चिनसँगको घाटा पनि बढ्दै

अर्थटुडे
२०७१ आश्विन २१, मंगलवार

काठमाडौं । आर्थिक वर्ष २०७१/७२ को पहिलो महिनामा व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भई ५१ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो घाटा ११.३ प्रतिशतले बढेको थियो । सो अवधिमा व्यापार घाटामध्ये भारत र चीनसँंगको व्यापार घाटा क्रमशः२२.२ र २७.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।nepal rastra bank

अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको व्यापार घाटा १७.१ प्रतिशतले बढेको भएता पनि चीनसँगको यस्तो घाटा २६.२ प्रतिशतले घटेको थियो । सो तथ्याङक अनुसार नेपाल भारसँग मात्र नभएर चिनसँगको कारोबारमा पनि बृद्धि भएको देखिन्छ ।

त्यस्तै, अघिल्लो वर्षको पहिलो महिनामा २२.५ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा यो अवधिमा ३.२ प्रतिशतले घटेको छ । आयातको वृद्धिदर उच्च रहेको कारण चालु आर्थिक वर्षको पहिलो महिनामा निर्यात–आयात अनुपात ११.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७१/७२ को पहिलो महिनामा कुल वस्तु निर्यात ११.५ प्रतिशतले ह्रास आई ६ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ५.४ प्रतिशतले बढेर ७ अर्ब ५९ करोड रहेको थियो ।

त्यस्तै आयात तर्फ सो अवधिमा आयात १२.५ प्रतिशतले बढेर ५८ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.४ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८८ करोड रहेको थियो । भारत र चीनबाट भएको आयात उच्चदरले बढेको कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको तुलनामा बढ्न गएको हो ।

आयातमध्ये भारतबाट भएको आयात समीक्षा अवधिमा १६.८ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि भारतबाट भएको आयात सोही दरमा बढेको थियो । त्यसैगरी, चीनबाट भएको आयात अघिल्लो वर्षको पहिलो महिनाको २५.६ प्रतिशत ह्रासको विपरीत समीक्षा अवधिमा २३.९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ