वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुधबारबाट बाणिज्य बैंकहरुको अभौतिक सेयर कारोबार, खरिद गर्नका लागि अनिवार्य हितग्राही खाता, बेच्नका लागि आवश्यक नपर्ने

अर्थटुडे
२०७१ आश्विन २२, बुधबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबारबाट बाणिज्य बैंकहरुको अभौतिक सेयर कारोबार सुरु भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा सुचिकृत कम्पनीको विद्युततियकरण गरिएका सेयरको नियमित कारोबार सुरु भएको हो । हालसम्म सिडिएससीमा दुई दर्जन बाणिज्य बैंकहरु सुचिकृत भई सेयर अभौतिकरण (डिम्याट) गराईसकेका छन् । अब ति कम्पनीहरुको सेयर किन्नका लागि लगानीकर्ताले अनिवार्य हितग्राही खाता खोल्नुपर्नेछ । बिक्रीका लागि भने खाता आवश्यक नपर्ने नेप्सेले जनाएको छ ।

cdsc_demat-300x149यसअघि सीडीएससीले तीन कम्पनीका दुई हजार भन्दा बढी नमुना कारोबार गरेको थियो ।

बुधबारसम्म सीडीएससमा ५१ कम्पनी दर्ता भई सेयर अभौतिकरण गराएकोमा २४ वटा बाणिज्य बैंक रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ