वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोमा एयरले ल्यायो १९ सिट क्षमताको नयाँ जहाज

अर्थटुडे
२०७१ आश्विन २४, शुक्रबार

काठमाडौं । गोमा एयरले १९ सिट क्षमताको एलईटी ४१० युभिपी–ई२० टर्बो प्रोप जहाज विहिबार काठमाडौं भित्र्याएको छ । रजिस्ट्रेसन मार्क ९ एन – एकेवाई भएको यो जहाज विहीबार दिउँसो काठमाडौं आइपुगेको गोमा एयरले जनाएको छ ।_DSC3896

नयाँ मल्टी इन्जिन टर्बो प्रोेप जहाजबाट केही दिनमै सेवा सुरु गरिने कम्पनीले जनाएको छ । पछिल्लो चार दशकयता कुनै पनि नेपाली विमान सेवा प्रदायक कम्पनीले छोटो धावनमार्गमा सेवा सञ्चालन गर्न नयाँ हवाइजहाज ल्याएको थिएन हामीले पहिलो पटक ल्याएका हौ, गोमा एयरलाइन्सका प्रशासक प्रबन्धक रन्जन भट्राईले भने । सो जहाज चेक गणतन्त्रमा निर्माण गरिएको र गत सोमबार त्यहाँबाट उडेको भट्टराईले जानकारी दिए ।

गोमा एयरका क्याप्टेन आङ दोर्जी शेर्पा र निर्माता कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेगरले नयाँ जहाज नेपालसम्म उडाएका थिए । यो जहाजले नागरिक उड्ययनका बाँकी प्रव्रिmया पूरा गर्नासाथ उडान सेवा सुरु गर्नेछ ।

चेक गणतन्त्रमा निर्मित यस्तै प्रोटोटाइप जहाजले पोखरा–जोमसोम रुटमा २०७० साल मंसिर २२ मा र काठमाडौं–लुक्ला रुटमा २०७० साल मंसिर २५ मा नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसहित सफल परीक्षण उडान गरिसकेको कम्पनीले जनाएको छ ।_DSC3885

यी रुट नेपालको सबैभन्दा चुनौतीपूर्ण हवाई रुटमध्ये मानिन्छन् । युरोपिएन उड्डयन सुरक्षा एजेन्स (इसा) ले प्रमाणित गरिसकेको एलईटी ४१० युभिपी–ई२० विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा रहेको कम्पनीको दावी रहेको छ ।
अहिले पनि तीनसय ५० भन्दा बढि एलईटी ४१० युभिपी–ई२० विमानले विश्वका आकाशमा उडान भरिरहेका कम्पनीले जनाएको छ । यस अघि गोमा एयरले हालसम्म सिङ्गल इन्जिनका दुईवटा सेस्ना ग्रान्ड काराभान जहाजद्धारा चाटर्ड हवाइ सेवा सञ्चालन गरिरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ