वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआरएन दिवसको अवसरमा शेराटन होटलको प्रधानमन्त्रीद्धारा शिलान्यास

अर्थटुडे
२०७१ आश्विन २६, आईतवार

काठमाडौं । गैर आवासीय नेपालीको लगानीमा बन्ने शेराटन होटलको शनिवार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका छन् । अष्ट्रेलियाका एमआइटी होल्डिङस ग्रुपले २०१७ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
होटलको सिलान्यास गर्दै प्रधानमन्त्री सुशील कोइरालाले होटलमा गैर आवासीय नेपालीका लगानी हुनुले नेपालमा विदेशी लगानी आकर्षित गर्न सहयोग गर्ने बताउँदै उनले भने, ‘यसले अन्तर्राष्ट्रिय जगतमा नेपालमा लगानीको वातावरण छ भन्ने विश्वास बढाएको छ ।’

प्रधानमन्त्री कोइरालाले नेपालमा ६० वर्षदेखि अवरुद्ध भएको विकास गतिविधि अब सुरु हुने भन्दै नेपाली जनताले शान्ति र संविधानसँगै विकास पनि चाहेको बताए ।
कार्यक्रममा एमआइटी होल्डिङ्स ग्रुपका प्रबद्र्धक तथा एनआरएनका अध्यक्ष शेष घलेले शेराटन होटल नेपालमा भित्रिएसँगै अन्तर्राष्ट्रिय चेन होटलको आवागमन भएको बताए ।
उनले नेपालको आर्थिक विकासको मेरुदण्ड नै पर्यटन भएको भन्दै होटल निर्माणसँगै नेपालमा स्तरीय पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

घलेले छिट्टै संविधान बनेमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकिने भन्दै समयमै संविधान बनाउन राजनीतिक दलहरुलाई आग्रह समेत गरे ।

यस्तै नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन वाइटले अष्ट्रेलियाबाट नेपालमा वार्षिक २८ हजार पर्यटक आउने गरेको भन्दै होटलमा भएको लगानीले विदेशी लगानी आकर्षित गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ