वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुड फर पेमेन्ट चेकमा कडाइ, चेक बराबरको रकम छुट्टै खातामा राख्नुपर्ने

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

nepal rastra bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुड फर पेमेन्ट चेक जारी गर्ने प्रक्रियामा कडाइ गरेको छ । गुड फर पेमेन्ट चेकमा समस्या आएपछि केन्द्रीय बैंकले कडा व्यवस्था गरेको हो । नयाँ नियम अनुसार बैंक तथा वित्तीय संस्थाले जति रकम बराबरको गुड फर पेमेन्ट चेक जारी गर्ने हो सोही रकम बराबर अर्को खाता खोली राख्नुपर्नेछ । यसैगरी चेक पनि हातले नलेखि सिस्टमबाट नै प्रिन्ट गर्नुपर्नेछ ।

यस्तो चेक पनि जारी गर्ने र आफ्नो खातामा भएको रकम पनि चलाई दोहोरो फाइदा लिने र यसबाट विकृती बढेपनि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

गुड फर पेमेन्ट चेक बराबरको रकम चेकको प्रयोजन नसकिएसम्म खातावालाले प्रयोग गर्न सक्नेछैनन् ।

‘चेक गुड फर पेमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाले सो चेक बराबरको रकम छुट्टै खातामा जम्मा गरी सोको सिस्टम प्रिन्टेड प्रमाण चेकमा उल्लेख गर्ने वा चेकसँग उपलब्ध गराउने व्यवस्था गरी सोको अभिलेख राख्नुपर्ने’ केन्द्रीय बैंकले निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ