वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सोमबार पनि ६.२१ अंकले घट्यो नेप्से, कुमारी बैंकको २ करोड भन्दा बढी कारोबार

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । सोमबार पनि सेयर बजार परिसुचक (नेप्से) ६.२१ अंकले घटेर ९०८ विन्दूमा अडिएको छ । सोमबार सवैभन्दा बढी कुमारी बैंकको कारोबार भएको छ । यो दिन कुमारी बैंकको मात्र २ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।Share-Market

बैंकले ३३ प्रतिशत बोनस सेयर घोषणा गरेपछि सो बैंकको सेयर खरिद ह्वात्तै बढेको थियो । यो दिन समूहगत परिसुचकमध्ये विमा समूहको परिसुचक ५.८ अंकले बढेको छ भने बाँकी सवै परिसुचक घटेको छ । यो दिन १८ करोड रुपैयाँ बराबरको ३ लाख ९५ कित्ता सेयर कारोबार भयो । यो दिन ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङको कारोबार रोक्का भएको छ । राफसाफमा ढिलाई कम्पनीलाई कारोबारबाट आउट गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ