वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उर्जा र पूर्वाधारमा ठूलो सहयोग आउँदैछ : अर्थमन्त्री डा.महत, विश्व बैंक समूहको करिब ६ खर्ब रुपैयाँ कोष परिचालनको संभावना

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले उर्जा र पूर्वाधार क्षेत्रमा ठूलो सहयोग आउने बताएका छन् ।DSCN4522

विश्व बैंकको बार्षिक बैठकमा भाग लिएर स्वदेश फर्किएका अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, उर्जा र पूर्वाधारका क्षेत्रमा ठूलो सहयोग जुट्नेछ र यसले समग्र आर्थिक विकासमा समेत दूरगामी सकारात्मक प्रभाव छोड्नेछ ।

 उनले हालै नेपाल र भारतबीच सम्पन्न बिद्युत व्यापार सम्झौता र माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको आयोजना विकास सम्झौतापछि विश्व समुदाय नेपालको उर्जा क्षेत्रमा लगानी गर्न उत्साहित भएको छ ।

उनले नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण सकारात्मक हुदै गएको बताउँदै विश्व बैंक समूह अन्तर्गतको करिब ६ खर्ब रुपैयाँ बराबरको कोष परिचालनको संभावना बढेको पनि जानकारी दिए ।
उनका अनुसार निजीस्तरमा ६ खर्बका अतिरिक्त आगामी तीन बर्षभित्रमा आईडा १७ अन्तर्गतको थप एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग पनि जुट्ने दावी गरे ।

अर्थमन्त्री डा.रामशरण महतले विश्व बैंकको बार्षिक बैठकमा भाग लिनुका साथै अमेरिकी विदेश सहायकमन्त्री निशा विश्वाल र अमेरिकी अर्थसहायकमन्त्री मारिसा लेगोसँग पनि विश्व बैंककै कार्यालयमा भेटघाट तथा छलफल गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ