वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमईले एयरपोर्ट र नख्खुमा थप्यो शाखा

अर्थटुडे
२०७१ आश्विन २७, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार एकैदिन दुई शाखा थपेको छ । बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र ललितपुरको नख्खुमा एकैचोटी दुई शाखा खोलिएको हो ।photo

विमानस्थलमा खोलिएको शाखाको नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर गोपालप्रसाद काफ्ले र ललितपूरको नख्खु शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले उद्घाटन गरे ।

बैंकले अन्तर्राष्ट्रिय बिमानस्थल नजिक रेमिट्यान्स व्यवसायलाई लक्षित गरि शाखा बिस्तार गरेको जनाएको छ । त्यसैगरी बिदेश जाने र बिदेशबाट आउनेहरुको लक्षित गरी रेमिट्यान्स सेवालाई सहज र प्रभाबकारी बनाउन उक्त शाखामा ‘रेमिट्यान्स सर्पोट सेन्टर’ पनि स्थापना गरिएको बैंकले जनाएको छ ।
यससँगै बैंकको देशभर ८४ शाखा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ