वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सांग्रिला भिलेज रिसोर्ट वर्ल्ड ट्राभल अवार्डबाट सम्मानित

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । चार तारे ‘सांग्रिला भिलेज रिसोर्ट’ २१औं वर्ल्ड ट्राभल अवार्डबाट सम्मानित भएको छ । पोखरामा सञ्चालित सो रिसोर्टलाई यही असोज २४ गते भारतको नयाँ दिल्लीस्थित होटल ओवरायमा सो अवार्ड प्रदान गरिएको थियो । सांग्रिलाले ‘नेपाल लिडिङ्स होटल’ विधामा अबार्ड प्राप्त गरेको जनाएको छ । अवार्डका लागि एशिया र अष्ट्रेलियाका २० देशका होटहरुको सहभागीता रहेको थियो । नेपालबाट ६ वटा होटलहरु अवार्डका लागि नोमिनेशनमा परेका थिए ।

नेपालबाट सोल्टी क्राउन प्लाजा, डेल अन्नपूर्ण, गोकर्ण फरेष्ट रिसोर्ट, याक एन्ड यती, हायत र सांग्रिला भिलेज रिसोर्ट नोमिनेसनमा परेका थिए ।

वर्ल्ड ट्राभल अवार्ड हरेक वर्ष पर्यटन उद्योगका सबै विधामा प्रदान गरिदै आएको छ । नोमिनेशनमा परिसकेपछि आयोजकले होटलको सेवा, म्यानेजमेन्ट, होटलको पूर्वाधार, कर्मचारीलाई गर्ने व्यवहार, गेष्टको फिडब्याक हेरेर मात्र अवार्ड प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ