वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीडीएससीद्धारा कार्यतालिका सार्वजनिक, लगानीकर्ताकै हितका लागि समयसीमा सार्न प्रस्ताव गरेको स्पष्टोक्ती

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) पूर्ण रुपले अभौतिक सेयर कारोबार गर्ने समय तालिका ६ महिना पछि सार्न नेपाल धितोपत्र बोर्ड समक्ष माग गरेको छ । तोकिएको समयमा सिडिएस प्रणाली लागू गर्नुपर्ने आवाज लगानीकर्ताले उठाएपछि सीडीएससीले बोर्डमा पेश गरेको योजना सार्वजनिक गरेको छ । सीडीएससीले सार्वजनिक गरेको सुचना अनुसार आगामी माघ २ गतेपछि मात्र बाणिज्य बैंकहरुको सेयर कारोबार पूर्ण रुपमा भौतिक रुपमा गरिनेछ । यसैगरी सम्पूर्ण सेयर कारोबार अभौतिक रुपमा भने ०७२ बैशाख २ गतेपछि मात्र गरिने प्रस्ताव गरिएको छ ।

यसअघि असोज २० गतेदेखि बाणिज्य बैंकको र कात्तिक २ गतेदेखि सबै कारोबार पूर्ण रुपमा अभौतिक गर्ने कार्य तालिका सार्वजनिक गरेको थियो ।

तर, नेपाल स्टक एक्सचेन्जमा सूचिकृत न्युन कम्पनी मात्र सीडीएससीमा आवद्ध भएको, थोरै लगानीकर्ताको मात्र हितग्राही खाता भएको र थोरै सेयर मात्र अभौतिक भएकाले तत्काल पूर्ण रुपमा सीडीएस लागू गर्दा बजारमा नकारात्मक असर पर्ने सीडीएससीले दावी गरेको छ । प्रकाशित सुचनामा भनिएको छ, लगानीकर्ताकै हितका लागि नयाँ कार्यतालिका प्रस्ताव गरिएको हो ।

सीडीएससीले समय बढाउने प्रस्ताव गरेपनि लगानीकर्ताहरुले भने पहिले तोकिएकै सयममा लागू गर्न माग गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमले विज्ञप्ती जारी गर्दै समय बढाउने प्रस्तावप्रति कडा आपत्ति जनाएको थियो ।

यस्तो छ सीडीएसीले प्रकाशित गरेको सूचना 

cdsc notice

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ