वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीको वातावरण बन्यो, नबिगारौं : अर्थमन्त्री डा महत

अर्थटुडे
२०७१ आश्विन २९, बुधबार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले आर्थिक गतिबिधिहरुको बिस्तारका लागि अहिले अत्यन्तै अनुकूल वातावरण बनेकोले मुलुकले निकट भविष्यमै ठूलो फड्को मार्ने स्थिति आएको बताएका छन् । नेपालका अर्थशास्त्रीहरुको केन्द्रीय संस्था नेपाल आर्थिक संघका नवनिर्बाचित पदाधिकारीहरुसँग अर्थमन्त्रालयमा भएको भेटघाट तथा छलफल कार्यक्रममा उनले भने, “आर्थिक एजेण्डालाई राजनीतिक पूर्वाग्रही दृष्टिकोणको शिकार बनाइनुहुँदैन । सबैको दृष्टिकोण समान हुन आवश्यक छ ।”

arthaik sangलामो समय राजनीतिक खिचातानीमा समय बर्बाद गरिएको चर्चा गर्दै उनले भने, अव हामीसँग बिबाद गरेर बस्ने समय छैन । संसार कहाँ पुगिसक्यो । हामीले त्यसलाई गम्भीरतापूर्वक बिचार पु¥याउनुपर्छ । प्राकृतिक स्रोत र साधनको समयमै सदुपयोग गर्न नसकेर खेर गैरहेको उल्लेख गर्दै उहाँले यसलाई सदुपयोग गर्नेमा बाधा अवरोध गर्नु भनेको अपराध भएको बताए । नेपालमा लगानीको वातावरण बनेको दावी गर्दै उनले जलबिद्युत र पूर्वाधारको विकासका लागि अहिले सबैभन्दा उत्तम समय भएको उल्लेख गरे ।

मन्त्री महतले अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रको विकासको लागि पर्याप्त चासो देखाएका, विश्व बैंक र आईएफसी जस्ता संस्थाले करिब ६ खर्ब रुपैयाँसम्म लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन । अन्य दातृ संस्थाहरुले पनि यस क्षेत्रमा लगानी गर्ने भनेका छन । निजी क्षेत्रका लगानीकर्ताहरु समेत आकर्षित हुन थालेका जानकारी दिए ।

आर्थिक संघका अध्यक्ष प्रा डा विश्वम्भर प्याकुरेलले आर्थिक सुधार कार्यक्रमहरुलाई अगाडि बढाएर नेपालले ठूलो मात्रामा लगानी आकर्षित गर्न सक्ने भन्दै त्यस्ता कार्यक्रमहरुमा दक्ष अर्थविदहरुका बिचारहरुलाई पनि समेटिनुपर्नेमा जोड दिए ।

संघका पूर्वअध्यक्ष प्रा डा मदनकुमार दाहालले विकासमा नेपाल धेरै पछि परेको भन्दै उहाँले अव समय खेर फाल्न नहुने बताए । उक्त अवसरमा अर्थमन्त्री डा महतलाई संघको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ