वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुबिसु केबलनेट प्रालिले ल्यायो क्लियर टेलिभिजन

अर्थटुडे
२०७१ आश्विन ३१, शुक्रबार

काठमाडौं । सुबिसु केबलनेट प्रालिले डिजिटल केबल टेलिभिजनको सेवा क्यिर टेलिभिजन विहिबारदेखि औपचारिक सुरुवात गरेको छ । नेपाली दर्शकहरुलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नका लागि सुबिसुले नेपालमै पहिलो पटक डिजिटल केबल टेलिभिजन सेवा क्लियर टिभीको सुरुवात गरेको जनाएको छ ।

क्लियर टिभी मार्फत दर्शकहरुले हाइ डेफिनेसन च्यानलहरुको आनन्द लिन सक्नेछन् । क्लियर टिभीमा विभिन्न नेपाली च्यानलहरु, समाचार, मनोरञ्जन, चलचित्र, खेलकुद, बालबालिका, वृत्रचित्र र जीवनशैली, क्षेत्रीय च्यानलहरु समावेश गरिने सुबसुले जनाएको छ ।
हामीले स्टेट अफ आर्ट र कटिङ एज सर्भिस मार्फत एनालग केबल टिभी इन्टरनेट तथा इन्टरनेट सेवा ग्राहकवर्गहरुमा प्रदान गर्दै आएका छौ, सुविसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउद भने ।

भिडियो ब्रोडकाष्टिङ क्षेत्रमै यो सेवा अर्न्तराष्ट्रिय स्तरमै प्रमाणित अत्याधुनिक प्रविधि भएको साउदले दावी गर्दै भने, हाललाई यो सेवा हामीले काठमाडौं उपत्यकाका लागि मात्र दिइनेछ भने चरणवद्धरुपमा यो सेवा अन्य क्षेत्रमा पनि विस्तार गरिने छ । ग्राहकहरुले यो सेवा आउँदो कात्तिक १५ गतेदेखि उपभोग गर्न पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ