वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गोदावरी मेलामा सर्वसाधारणको भिड, दुई दिनमा १७ लाखको कारोबार

अर्थटुडे
२०७१ कार्तिक २, आईतवार

 काठमाडौं । जावलाखेल खेलमैदानमा जारी आठौं गोदाबरी फूल मेलामा सर्वसाधारणको उत्साहजनक सहभागिता देखिएको छ । मेला सुरु भएको दुई दिनमै ११ हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । यस अवधिमा १० लाख रुपैयाँभन्दा बढी फूलको कारोबार भएको मेला संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

godawari melaमेलाको पहिलो दिन ४ हजार र दोस्रो दिन ७ हजार सर्वसाधारणले अवलोकन गरेका थिए ।

फ्लोेरिकल्चर एशोसिएशन नेपालको आयोजनमा रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि भन्ने नारा सहित तिहार पर्वलाई लक्षित गरि मेला आयोजना गरिएको हो ।

मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित गरी जम्मा ३५ वटा प्रदर्शनी कक्ष रहका छन् । मेलामा गोदावरीे फूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् ।

यसैगरी पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ