वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताको पहिलो दिन २.२६ अंकले मात्र बढ्यो नेप्से,विमा समूहतर्फ लगानीकर्ता आकर्षित

अर्थटुडे
२०७१ कार्तिक २, आईतवार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक २.२६ अंकले बढेर ९२५.८५ अंकमा पुगेको छ । यस दिन समूहगत परिसुचकहरु पनि बढेको छ । अन्तिम समय नेपाल टेलिकमको सेयर मूल्य बढाएर बजार केही माथी उकालेपछि अन्य समूहको परिसूचकमा पनि सुधार देखिन थाल्यो ।nepal stock exchange

कारोबार अन्त्यमा भने नेपाल टेलिकमको सेयर मूल्य अघिल्लो दिनको अन्तिम कारोबार मूल्यमा नै भएको छ । यस दिन लगानीकर्ताहरु विमा समूहतर्फ आकर्षित भएका छन् ।

यस दिन विमा समूहतर्फको परिसुचक ३९.२७ अंकले बढेको छ भने विभिन्न विमा कम्पनीहरुको २ करोड ९६ लाख रुपैयाँ बरबरको कारोबार भएको छ । यस दिन २२ करोड रुपैँया बराबरको ५ लाख कित्ता सेयर खरिद विक्रि भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ