वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको भाउ घट्यो,पेट्रोलमा २ रुपैयाँ ५९ पैसा र डिजेल अनि मट्टितेलमा २ रुपैयाँ ६ पैसा घट्यो

अर्थटुडे
२०७१ कार्तिक ३, सोमबार

काठमाडौँ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा २ रुपैयाँ ५९ पैसा, डिजेल र मट्टितेलमा २ रुपैयाँ ६ पैसा प्रति लिटर मूल्य घटाउने निर्णय गरेको हो। nepal aayal nigam

मुल्य घटेपछि अव पेट्रोलको भाउ प्रतिलिटर १३० रुपैयाँ ४७ पैसा हुनेछ भने डिजेल र मट्टितेलको भाउ १०३ रुपैयाँ १७ पैसा प्रति लिटर हुनेछ। नेपाल आयल निगमले असोज १३ गते स्वचालित मूल्य प्रणालि लागू भइसकेपछि दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । स्वचालित मुल्य प्रणाली लागु गरेपछि विहिबार नै पेट्रोलियम पदार्थको भाउ घट्नु पर्नेमा सोमबारदेखि मात्र घटाएको हो ।

स्वचालत मुल्य प्रणालि अनुसार हरेक महिनाको १ र १५ तारिखमा भारतीय आयल निगमले पठाएको मूल्य अनुसार मूल्य समायोजन हुने गर्छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ