काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालको राजिनामा स्विकृत भएको छ । बैंक संचालक समितिले सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अशोक शेरचनलाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
शेरचन तत्कालीन प्रभु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत थिए ।
किष्ट बैंक, प्रभू विकास बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएर प्रभु बैंकका रुपमा गत भदौ ३० गतेदेखि संयुक्त कारोबार सुरु गरेको थियो ।
प्रतिक्रिया