वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुप्रिम र एफवान सफ्टविच मोवाइल सेवा प्रदानका लागि सम्झौता

अर्थटुडे
२०७१ जेष्ठ २७, मंगलवार

काठमाडौँ । सुप्रिम डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनबीच बैंकमा मोवाइल तथा इन्टरनेट बैंकिङ सेवा सुरु गर्नेबारे सम्झौता भएको छ ।
बैंकका प्रमुखकार्यकारी अधिकृत रेवन्तकुमार दाहाल र एफवान सफ्टका बजार तथा बिक्री निर्देशक विपुल ढकालले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन एन्ड फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउने छन् । साथै ग्राहकले रिचार्जकार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिट कार्डको विल भुक्तानी लगायत सुविधा पनि मोवाइलमै पाउनेछन् ।

F1_Supremeसाथै ग्राहकले इन्टरनेट बैंकिङ मार्फत पनिवान टाइम पासवर्ड (ओपिटी) लगायत फन्ड ट्रान्सफर, रिचार्जकार्ड खरिद सुविधा प्राप्त गर्नेछन् । एफवान सफ्टले सञ्चालन गरेको छ भने फोन पे नेटवर्कको सदस्यता पनि बैंकले लिएको छ ।
अन्नपुर्ण विकास बैंक र सुर्यदर्शन फाइनान्सबीच मर्ज भएर बनेको सुप्रिम डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको लाइसेन्स प्राप्त गरेको छ । वि.सं. २०६१ भाद्र बाट सञ्चालनमा आएको बैंकले देशका बिभिन्न भेगमा रहेका १४ शाखामार्फत ४५ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

एफवान सफ्ट इन्टनेरशनल मोवाइल तथा इन्टरनेट जस्ता ट्रान्जेक्सन बैंकिङ सेवा प्रवाहमा मुलुककै अग्रणी कम्पनी हो । सन् २००४मा सञ्चालनमा आएको कम्पनीले नेपाल लगायत सिंगापुर, कम्बोडिया, भारत र बङ्गलादेशमा पनि आफ्नो सेवा सुरु गरि सकेको छ ।

एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत कम्पनीले राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रका एक सय भन्दा बढि बैंक तथा वित्तिय संस्था र कर्पोरेट हाउसहरुलाई सेवादिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ