वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जानाजान गरेको गल्तीलाई क्षमा दिन हुन्नः अर्थमन्त्री डा.महत

अर्थटुडे
२०७१ कार्तिक ३, सोमबार

काठमाडौं । माननीय अर्थमन्त्री डा. रामशरण महतले कर प्रशासनमा नक्कली भ्याट बिलिङ तथा ठूलो मात्रामा मिसम्याचको समस्यालाई तत्काल समाधान गर्नुपर्ने बताएका छन् । उनले जानाजान गरेको गल्तीलाई क्षमा दिन नहुने बताउदै गलत विवरण पेश गरेर राजस्व छल्नेलाई कडा कारबाही गर्न निर्देशन दिए ।Udghatan

नेपालको कर प्रणाली पनि अन्तर्राष्टिय प्रणाली अनुसार हुनुपर्ने बताउँदै उनले भने, अर्थमन्त्रालय कर पुनरावलोकन आयोग गठन गर्ने तर्फ लागेको जानकारी दिए । सो कार्यक्रममा अर्थसचिव सुमन शर्माले राज्यले १६८ अर्ब राजस्व उठाउनुपर्ने लक्ष्य विभागले प्राप्ति गर्नुपर्ने  बताए ।

उनले करदातालाई कर तिर्नको लागि उत्प्रेरित, शिक्षित पार्ने र विभिन्न सम्भावनाहरु खोजी गर्न निर्देशन दिदै उनले भने,सकेसम्म बेरुजु कम गर्नुहोस् । सो गोष्ठीमा कर प्रणालीको मूल्यांकन, लेखा जोखा गर्ने, सवल दुर्वल पक्षहरुको समिक्षा गर्ने, नीति स्रोत, साधन, व्यवस्थापकीय संगठनको स्वरुप आदिको वारेमा छलफल हुनेछ । गोष्ठी मंगलबार सम्म चल्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ