वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२१ गतेदेखि रत्न तथा आभुषण प्रदर्शनी

अर्थटुडे
२०७१ कार्तिक ४, मंगलवार

काठमाडौं । नेपाल रत्न तथा आभुषण संघको आयोजनामा कात्र्तिक २१ गतेदेखि रत्न तथा आभुषण प्रदर्शनी आयोजना हुने भएको छ । याक एण्ड यति होटलमा तीन दिनसम्म चल्ने प्रदर्शनीबाट नेपालको मौलिक कालीगढी, गरगहना डिजाइनका क्षेत्रमा भएको परिवर्तन, शुद्धता, गुणस्तरीयता जस्ता पक्षलाई उपभोक्ता समक्ष उजागर गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

jwellery expo

प्रदर्शनीमा हुने फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ ¥याम्पमा उतार्नेछन् । प्रदर्शनीमा भारतीय चर्चित नायिका रबिना टण्डन समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

‘टेकिङ नेप्लिज ज्वेलरी ग्लोवल्ली’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा ३५ वटा गरगहनासँग सम्बन्धित कम्पनीको सहभागिता रहेका र १० हजार भन्दा बढीले अवलोकन गर्ने संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

नेपालमा गरगहनाको क्षेत्रमा करिब २० अर्ब रुपैयाँ बराबरको लगानी भएको अनुमानित तथ्यांक रहेको छ । कुल बजारमा करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाहरुले लिएको अनुमान रहेको छ । कर तथा भन्सार गरी यस क्षेत्रबाट रु ५ अर्बभन्दा बढी संकलन हुने गरेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ