काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ४.६५ अंकले बढेको छ । बुधबार कारोबार सुरु भएदेखि नै बढ्न थालेको बजार कारोबार बन्द हुदासम्म ९२८.९९ अंक पुगेको छ ।
बुधबार कारोबार भएका अधिकांक कम्पनीहरुको मूल्य बढेपछि समग्र बजार परिसुचक उकालो लागेको हो । नेप्सेसँगै सबै समूहगत परिसुचकहरु पनि बढेको छ ।
बुधबार १ सय २७ कम्पनीको २४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया