काठमाडौं । तिहारपछि खुलेको बजार थोरै बढेको छ । पहिलो दिन आइतबार नेप्से परिसुचक १.३४ अंकले बढेर ९३०.३३ अंकमा अडिएको छ । यस दिन समूहगत परिसुचकमध्ये बैकिङ, होटल र विकास बैंक समुहको परिसुचक घटेको छ भने बाँकी सवैको बढेको छ ।
यस दिन विमा समूहको सेयर खरिद बढेको छ भने होटल समुहको सेयर विक्रि बढेको छ । आइतबार १३ करोड ९० लाख बराबरको २ लाख ७१ हजार कित्ता सेयर खरिद विक्रि भएको छ भने लक्ष्मी बैंक र वुटवल पावर कम्पनीले एक करोड भन्दा बढीको कारोबार गरेको छ ।
प्रतिक्रिया