वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन बोर्डको समस्या समाधानको आग्रह गर्दै हानद्धारा पर्यनमन्त्रीसँग भेट, क्यासिनो खुलाउन पनि आग्रह

अर्थटुडे
२०७१ कार्तिक ९, आईतवार

काठमाडौं । पर्यटन बोर्डमा रहेको समस्या समाधानको आग्रह गर्दै होटल संघ नेपाल (हान)का पदाधिकारीहरुले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यसँग भेट गरेका छन् ।

सो भेटमा मन्त्री अमात्यसँग अध्यक्ष श्रेष्ठले ६ महिनादेखि बन्द रहेका क्यासिनोहरु पुनः सञ्चालनमा ल्याउनका लागि व्यवहारिक क्यासिनो सम्बन्धी निर्देशिका जारी गर्न आग्रह गरेको बताइएको छ ।

क्यासिनोका लागि नेपाल आउनेको पर्यटकको संख्यामा करिव दुई लाखले कमी आएको अध्यक्ष श्रेष्ठको दावी रहेको छ । त्यसैगरी सो टोलीले नेपाल वायु सेवा निगमको स्तारोन्नति गर्न, नेपालको पर्यटन क्षेत्रको विकासमा रहेको विविध समस्याको दीर्घकालिन समाधान गर्न हानले आग्रह गरेको थियो ।

टोलीमा प्रथम उपाध्यक्ष अमरमान शाक्य, महासचिव, विनायक शाह, कोषाध्यक्ष घनेन्द्रबहादुर श्रेष्ठ, कार्यकारी सदस्य प्रवीणबहादुर पाण्डे, रामकुमार पुरी, कानुनी सल्लाहकार गान्धी पण्डित र कार्यकारी निर्देशक प्रवेश अर्याल सहभागि रहेको हानद्धारा जारी प्रेस विज्ञप्तिमामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ