वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंक अफ काठमाण्डूको ३६% र सिटिजन्स् बैंकको ५.५०% नाफा बढ्यो

अर्थटुडे
२०७१ कार्तिक १०, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०७१\०७२ को असोजसम्ममा दुई वटा बैंकको नाफा बढेको छ । सोमबार पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका बैंक अफ काठमाण्डूको ३६प्रतिशत र सिटिजन्स् बैंकको ५.५० प्रतिशत नाफा बढेको छ ।

banks of kathmandu's picबैंक अफ काठमाण्डूले चालु आवको असोजसम्ममा १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले १२ करोड २२ लाख नाफा कमाएको थियो ।

बैंकले असोज मसान्तसम्ममा बैंकले ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

citizen bankयसैगरी असोजसम्ममा सिटिजन्स बैंकले ११ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले १० करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा २९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ