वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से ४.६८ अंकले बढ्यो

अर्थटुडे
२०७१ कार्तिक १०, सोमबार

काठमाडौं । तिहारलगत्तै सुधारको संकेत देखिएको सेयर बजार कारोबार सुरु भएको दोस्रो दिन पनि उकालो लागेको छ । सोमबार कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) कारोबार बन्द हुदासम्म ४.६८ अंकले बढेर ९३५.०१ अंकमा पुगेको छ ।

तिहारपछि बजार खुलेको पहिलो दिन आईतबार पनि सेयर बजार १.३४ अंकले बढेको थियो ।

chart oct 27

सोमबार कारोबार भएका अधिकाशं कम्पनीहरुको सेयर मूल्य बढेपछि समग्र बजार परिसुचकमा असर गरेको हो । समूहगत परिसुचकहरुमा पनि विकास बैंक, हाइड्रोपावर र होडल बाहेकका परिसुचकहरु उकालो लागेका छन् ।

सोमबार १ सय २३ कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ