काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण हुने भएको छ । सोमबार मन्त्रीपरिषद्को बैठकले चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङसँग ठेक्का सम्झौता अनुमोदन गरेपछि सो विमानस्थल बन्ने भएको हो ।
चिनियाँ कम्पनी सिएएमसी र प्राधिकरणविच गत जेठ ८ गते विमानस्थल निर्माणका लागि सम्झौता भएपनि सरकारले अनुमोदन गरेको थिएन । सम्झौताको अनुमोदनसँगै चिनियाँ एक्सपोर्ट—इम्पोर्ट (एक्जिम) बैंकसँग ऋण सम्झौताको काम अगाडी बढाउन सहज हुने भएको छ ।
सरकारलाई विमानस्थल निर्माणका लागि एक्जिम बैंकले सहुलियत उपलब्ध गराउने भएको छ । विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ लाग्ने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणले सन् २०१९ मा उक्त विमानस्थल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखेको छ ।
हाल पोखरामा आन्तरिक उडानमात्र हुँदै आएको छ । पोखराको छिनेडाँडामा निर्माण हुने नयाँ विमानस्थल निर्माणपछि पोखरामा अन्तर्राष्ट्रिय उडानसमेत हुनेछ ।
प्रतिक्रिया