वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमवी बैंकको नाफा ५७.२५ प्रतिशतले बृद्धि

अर्थटुडे
२०७१ कार्तिक ११, मंगलवार

काठमाडौं । एनएमवी बैंकको नाफा ५७.२५ प्रतिशतले बृद्धि भएको छ । बैंकले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सो नाफा कमाएको हो ।

बैंकले गत बर्षको पहिलो त्रैमासमा ९ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड २७ लाख रुपैयाँ पुगेको छ । एनएमवी समुहको नाफा भने १४ करोड ६२ लाख पुगेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १०।७७ प्रतिशत, पुँजी कोष लागत ४।३४ प्रतिशत, औसत व्याजदर ४।७१ प्रतिशत खुद व्याज स्प्रडदर ४।६५ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप अनुपात ७७।७४ प्रतिशत रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ