वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

४ वटा आयोजनाको लाइसेन्स खारेज गर्न अख्तियारको निर्देशन

अर्थटुडे
२०७१ कार्तिक १२, बुधबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ वटा जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र खारेज गर्न निर्देशन दिएको छ । सर्तअनुसार आयोजना विकास नगरेको भन्दै ३७.५ मोवाटको कावेली ए, २० मेगावाटको तल्लो ९.७ मेगावाटको माथिल्लो इवाङखोला र ४.५ मेगावाटको बलेफी बी आयोजनाको अनुमतिपत्र नविकरण नगर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो ।

अख्तियारका अनुसार यी आयोजनाहरुमध्ये तीन वटाले तोकिएको समयमा विद्युत खरित सम्झौता (पिपिए) र वित्तीय स्रोत व्यवस्था गर्न सकेका छैनन् ।

यसैगरी बलेफी बीले सर्वेक्षण क्षेत्र थप गरी जडान क्षमता वृद्धी भएपनि राजश्व दस्तुर रकम दाखिला नगरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ