वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी उद्योग र कृषि परियोजनालाई अनुदानका लागि आवेदन खुल्यो

अर्थटुडे
२०७१ कार्तिक १३, बिहीबार

काठमाडौं । सहकारी उद्यम र परियोजना संचालन गर्नका लागि पुँजीगत अनुदानका लागि सहकारी विभागले आवेदन खुल्ला गरेको छ । अनुदानका लागि सहकारी संघसंस्थाहरुले कात्तिक मसान्तसम्मा विभाग वा डिभिजन सहकारी कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

सहकारी संघसंस्थाहरुले संचालन गर्ने कृषि फार्म, प्याकेजिङ, स–साना घरायसी उद्योगका साथै कृषि बजार संचालनमा लागि अनुदान दिन लागेको हो । सहकारीबाट आएको प्रस्तावका आधारमा छनोट गरी परियोजनाको लागतमा ५० प्रतिशतसम्म अनुदान दिने सहकारी विभागका योजना प्रमुख विष्णु घिमिरेले जानकारी दिए ।

sahakari bibhag

सरकारले चालु आर्थिक वर्षको बजेटमा सहकारी उद्योग स्थापनाका लागि पुँजीगत अनुदान दिने घोषणा गरेको थियो । उक्त कार्यक्रममा १० करोड रुपैयाँ छुट्याइएको विभागले जनाएको छ ।

विभागले सुचनामा सहकारीहरुले कृषि फार्म अन्र्तगत गाई, भैसी, बाख्रा, भेडा, बंगुर र माछापालनका लागि, चिया, कफि, मह, दुध, फलफूललगायत कृषिजन्य उत्पादनको प्रसोधन र प्याकेजिङ उद्योग स्थापनाका लागि अनुदान दिने जनाएको छ । यसैगरी सहकारी बजार संचालन, महिलाले संचालन गर्ने घरायसी उद्योग र दलितहरुले संचालन गरेको पेशा आधुनिकरण गर्नका लागि पनि अनुदान प्रस्ताव मागेको छ ।

अनुदान ‘सहकारी संघ संस्थाहरुलाई उपलब्ध गराईने अनुदान एवं भन्सार महशूलमा छुट सुबिधा सिफारिश सम्बन्धी कार्यविधि,२०६८’ अनुसार वितरण गरिने विभागले जनाएको छ । जसअनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरणको प्रयोग, कच्चा पदार्थ उपलब्धता र उद्योगबाट उत्पादीत सामानको बजार सम्भावना लगायतका कुराको आधारमा उद्योगको छनोट गरिनछ । यस्तै सहकारी छनोटका लागि सरकारले प्राथमिकतामा राखेको उद्योग, सहकारीको योजनाको प्रभावकारीता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारीको सिर्जनालाई पनि आधार बनाउने बताइएको छ ।

सहकारीमार्फत उत्पादकत्व बढाउन सरकारले आव २०६५\०६६ देखि सहकारीलाई अनुदान दिने कार्यक्रम सुरु गरेको गरेको हो । गत आर्थिक वर्षमा विभागले १ करोड अनुदान वितरण गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ