वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतद्वारा अमेरिकासँग थप सहयोगको आग्रह

अर्थटुडे
२०७१ कार्तिक १४, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपालका लागि अमेरिकी राजदूत पिटर बोडसँग अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उपयुक्त भएको सन्देश सुनाइदिन आग्रह गरेका छन् ।

विहिबार अर्थमन्त्रालयमा अमेरिकी राजदुत बोडेसँगको भेटमा मन्त्री डा.महतले नेपालमा राजनीतिक स्थायित्व हुदै गएको र लगानीको वातावरण बनेकोले अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न बोडे मार्फत आग्रह गरेका हुन् ।

बिद्युत उत्पादनका क्षेत्रमा लगानीको वातावरण राम्रो भएको उल्लेख गर्दै अर्थमन्त्री डा.महतले हालै भारतसँग बिद्युत व्यापार सम्झौता भैसकेकोले उत्पादित बिद्युतको ठूलो बजार प्राप्त हुने बताए ।

उनले यस क्षेत्रमा ढुक्कसँग लगानी गरी लाभ लिन सकिने र लगानीकर्ताहरुलाई सहज वातावरण बनाउनका लागि सरकारले तीन दर्जन जति कानूनहरुमा सुधार गर्ने व्यापक तयारी गरिरहेको पनि बोडेसँगको भेटमा मन्त्री डा.महतले बताए ।

उनले आउदो अधिवेशनमा ती बिधेयकहरु पारित हुने जानकारी दिए । पछिल्लो समयमा लगानीको वातावरणमा भएको सुधारबारे अन्तर्राष्ट्रिय निकायहरुले समेत प्रतिवेदनहरु सार्वजनिक गरिरहेको जनाउँदै मनत्री डा.महतले पछिल्लो प्रतिवेदनका अनुसार नेपाल दक्षिण एसियाली देशहरुमै लगानीको लागि दोस्रो आकर्षक गन्तब्यस्थल बन्न सफल भएको पनि दावी गरे ।

सो अवसरमा अर्थमन्त्री डा.महतले हिंसात्मक द्वन्द्वबाट भरर्खर पार पाउँदै गरेको मुलुक नेपालका लागि ठूलो सहयोग आवश्यक परेको भन्दै अमेरिकासँग नियमित सहयोगका अतिरिक्त मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) मार्फत पनि सहयोग गर्न आग्रह गरे ।

एमसीसीलाई अमेरिकाले सहयोग गर्ने विशेष व्यवस्थाको रुपमा लिइन्छ । अर्थमन्त्री डा.महतले आगामी माघभित्र संबिधान घोषणा हुने भएकोले त्यसपछि नेपाल लगानीको लागि थप आकर्षक गन्तब्यस्थल हुने विश्वास दिलाए । सो अवसरमा राजदूत बोडेले एमसीसीमार्फत सहयोगको लागि आफूले सदासयतापूर्वक आफ्नो सरकारसमक्ष कुरा राख्ने जानकारी दिए ।

नेपालमा भैरहेको राजनीतिक तथा आर्थिक प्रगति र विकासका घट्नाक्रमलाई सकारात्मक भन्दै राजदूत बोडेले भने, बिद्युत व्यापार सम्झौता र आयोजना विकास सम्झौताले राम्रो सन्देश दिएको छ । नेपालमा अहिले लगानीको वातावरण राम्रो भएको भन्दै राजदूत बोडेले आगामी दिनमा थप लगानी आउने आशा व्यक्त गरे ।

अमेरिकाले नेपाललाई दिदै आएको सहयोग र त्यसको कार्यान्वयनबारे छलफल भएको थियो । छलफल कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका उच्च अधिकारहरु र नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ