वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सञ्चारकर्मीलाई सामसुङको के जुममा नौ हजार ९ सय छुट

अर्थटुडे
२०७१ कार्तिक १४, शुक्रबार

काठमाडौं । आईएमएसले नेपाली सञ्चारकर्मीहरुलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोनमा विषेष छुट दिने भएको छ । फोटोजर्नालिस्ट क्लबको सिफारिसमा यो स्मार्टफोन खरिदमा नौ हजार नौ सय रुपैयाँ छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।_MG_7056

बजारमा ५२ हजार रुपैयाँ रहेको यो स्मार्टफोनमा २० मेगापिक्सेल क्यामेरा र १० एक्सजुम समेत रहेको छ । सञ्चारकर्मीहरुलाई सो मोवाइल खरिदका लागि ग्लोबल आइएमई बैंकले इएमआई सुविधा। क्यामेराका सौखिन तथा स्मार्टफोनको पारखी पत्रकारका लागि एउटै सेटमा दुई सुविधा उपलब्ध हुने छ ।
समाचार संकलनका लागि जानेहरुले समाचार संकलनका साथै यो मोवाइलबार तस्विर खिचेर प्रकाशित गर्न सहज हुने विहिबार आयोजत पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्मार्टफोनको साथमा पाँच हजार रुपैयाँ भन्दा बढि पर्ने कभर पनि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

केहि रकम बुझाएपछि किस्तामा किन्न सकिने यो स्मार्टफोन सिमित रहेकोले आइएमएसका अध्यक्ष दिपक मल्होत्राले जानकारी दिए । फोटोजर्नालिस्ट क्लबले सिफारिस गरेको संचारकर्मीहरुलाई ग्लोबल आइएमई बैंकले उसको फाइनान्सियल कन्डिसन, सम्बन्धित समाचार संस्थाको सिफारिसका आधारमा इएमआई गर्ने र सकेसम्म छिटो बिधिबाट ऋण प्रबाह गर्ने ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ