वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गत वर्ष नोक्सानमा गएको भिवोर विकास बैंकले कमायो २ करोड ५३ लाख

अर्थटुडे
२०७१ कार्तिक १४, शुक्रबार

काठमाडौं । गत आर्थिक वर्षमा १३ करोड १९ लाख रुपैयाँ नोक्सान व्योहोरेको भिवोर विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा गएको छ । चालु आर्थिक वषको पहिलो त्रैमासमा बैंकले २ करोड ५३ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भने सो बैंकले २ करोड ८९ लाख रुपैयाँ नोक्सान व्योहोरेको थियो ।
बैंकले खराव गत वर्षको पहिलो त्रैमासमा १५.५२ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा ५.६५ प्रतिशतमा झारेको छ । यस अवधिमा बैंकले ३ अर्व ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्व ८९ करोड रुपैयाँ कर्जा तथा लगानी गर्न सफल भएको छ । बैंकको औसत व्याजदर(बेस रेट) १०।८८ प्रतिशत रहेको छ । बैंकको कर्जा र निक्षेप अनुपात ७०।९२ प्रतिशत रहेको बैंकद्धारा शुक्रबार प्रकाशित भएको अपरिष्कृत वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ