वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीयस्तरमा लगानीको अवसर प्रशस्त छ: डा.नेपाल

अर्थटुडे
२०७१ कार्तिक १४, शुक्रबार

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपालले स्थानीयस्तरमा लगानीको अवसर प्रशस्त रहेको बताएका छन् । उनले स्थानीयस्तरको अवसर हेरेर सरकार तथा लगानीकर्ताले लगानी गर्नुपर्ने बताए । photo 1..

दोस्रो संविधानसभाको निर्वाचनपछि मुलुकमा लगानीको वातावरण बनिरहेकोले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह समेत गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र अमेरिकी दूतावासको सहकार्यमा वाग्लुङमा सुरु भएको आर्थिक पत्रकारिता सम्वन्धी तालिम कार्यक्रममा उनले अहिलेको सरकारप्रति लगानीकर्ताको विश्वास बढेको समेत दावी गरे ।
सो कार्यक्रममा अमेरिकी दूतावासकी सूचना अधिकृत इनेका स्टोनह्यामले संविधान बन्ने चरणमा रहेकोले अव नेपालमा आर्थिक विकासलाई अघि बढाउनुपर्ने बताईन् ।
उनले आर्थिक पत्रकारितामा लाग्नेहरुले वर्तमान अवस्थाको बारेमा जानकारी राख्नुपर्ने समेत बताईन् । सेजनका अध्यक्ष विज्ञान अधिकारीले आर्थिक पत्रकारिता तालिम विभिन्न जिल्लामा भइरहेको बताउँदै यस्तो तालिममार्फत आर्थिक एजेन्डालाई अघि बढाउन सहयोग पुगेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ