वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घरजग्गामा लगानी बढाउँदै बैंक तथा वित्तिय संस्था

अर्थटुडे
२०७१ कार्तिक १५, शनिबार

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गामा लगानी बढाउन थालेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो दुइ महिनामा घर जग्गामा मात्र १८ अर्व २६ करोड रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।download

यो गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशतले बृद्धि हो । आर्थिक वर्ष २०७०÷७१ को पहिलो दुइ महिनामा सो क्षेत्रमा बैंक तथा वित्तिय संस्थाबाट १० अर्व रुपैयाँ मात्र लगानी भएको थियो ।

घर जग्गामा लगानी गरेकै कारण केही संस्थाहरु समस्यामा परेपछि राष्ट्र बैंकले घरजग्गामा लगानी गर्नका लागि वित्तिय संस्थाहरुलाई कडाई गरेको थियो । तर चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत घरजग्गामा लगानी गर्नका लागि वित्तिय संस्थाहरुलाई केही खुकुलो बनाएपछि सो क्षेत्रमा लगानी बढेको हो ।

घरजग्गासँगै बैंक तथा वित्तिय संस्थाको लगानी सवारी साधनतर्फ पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुइ महिनामा मात्र ति संस्थाले २ अर्व १९ करोड रुपैयाँ बराबरको भेकल लोन प्रबाह गरेका छन् ।

सुनमा लगानी गर्न भने ति संस्थाहरु धेरै अकर्षित देखिदैनन् । चालु आर्थिक वर्षको दुइ महिनाको तथ्याङ्क अनुसार सुनमा ८७ करोड रुपैयाँ मात्र लगानी भएको देखिन्छ । तर गत आर्थिक वर्षको सोही अवधिमा सो लगानी ३.४ प्रतिशतले बढेर ९८ करोड रुपैयाँ लगानी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ