वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण छिट्टै सुरु हुने, सर्वसाधारणले चाहेजति सेयर किन्न पाउने

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । धादिङ र गोर्खा जिल्लाको सीमा बुढी गण्डकी नदीलाई थुनी ताल बनाएर विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बुढीगण्डकी जलविद्युत आयोजनाले आयोजनाको डिजाइन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को काम सकेको छ ।budi

एक हजार मेगावाटको सो जलविद्युत आयोजना नेपालको उर्जा संकट सामाधान र विकासका लागि भरपर्दो आयोजनाको रुपमा लिइन्छ । अवको ९ महिनापछि योजना निर्माणको चरण सुरु हुने बुढीगण्डकी आयोजना विकास समितिका अध्यक्ष डा.लक्ष्मी प्रसाद देबकोटाले जानकारी दिए ।

आयोजनाको फ्रान्सको कामवेल कम्पनीले परियोजनाको डिपीआर तयार पारेको हो । ७ वर्षमा पूरा गरिने लक्ष्य राखिएको यस योजनामा २ खर्व २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले राज्यले यसलाई विषेष प्राथमिकता दिइएको छ ।

आयोजना निर्माण गर्दा गोर्खा र धादिङ जिल्लाका २७ वटा गाउँ विकास समितिका २५ हजार जनता पूर्ण रुपमा विस्तापित हुने भएकोले उनीहरुले भने आयोजनाको चाहेजति सेयर पाउने छन् ।

आयोजना निर्माणको क्रममा बन्ने ताल निक्कै ठूलो र धेरै खर्च लाग्ने भएकोले विस्थापित सर्वसाधारणलाई पुनस्र्थापना गर्न कठिन हुने बताए । सो आयोजना निर्माणका लागि आयोजनाले सरकारबाट १ खर्व रुपैयाँ र बाँकी सर्वसाधरणको सेयरबाट उठाईने अध्यक्ष देवकोटाले जानकारी दिए ।

सो आयोजना निर्माण गर्दा २ खर्व रुपैयाँ भन्दा बढी लाग्ने भएकोले सर्वसाधरणलाई पनि चाहेजति सेयर दिइने सोचमा आयोजना रहेको छ । यदी सर्वसाधारणलाई उनीहरुले चाहेजति सेयर दिन सकेमा आयोजना निर्माणका लागि खर्च जुटाउन सकिने अध्यक्ष देवकोटाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ