वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका ऋणीको रेटिङ हुदै, निश्चित सिमाभन्दा बढी लोन लिनेको रेटिङ गर्नुपर्ने

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । क्रेडिट रेटिङ काम गर्दै आएको ‘ईक्रा नेपाल’ ले बैंक तथा वित्तीय संस्थाका ऋणीको पनि रेटिङ पनि गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७१\७२ को मौद्रीक नीतिमार्फत निश्चित सीमाभन्दा धेरै कर्जा प्रवाह गर्दा सम्बन्धित ऋणीको रेटिङ गर्नुपर्ने घोषणा गरेपछि इक्राले पनि उक्त रेटिङको तयारी गरेको हो । नियामक निकायबाट निर्देशन आउने वित्तीकै रेटिङ सुरु गर्ने कम्पनीले जनाएको छ ।

ऋणीको मूल्याङकन (रेटिङ)का लागि आवश्यक सबै तयारी पूरा भइसकेको इक्रा नेपालका प्रबन्ध निर्देशक दीपक काफ्लेले बताएको समाचार आजको अभियान दैनिकमा प्रकाशित छ । अब नियामक निकायबाट बैङ्क तथा वित्तीय संस्थालाई उक्त रेटिङका लागि निर्देशन हुनासाथ काम शुरू गरिने पनि उनले बताए । उनले भने, ‘हामी नियामक निकायको निर्देशन पर्खेर बसेका छौं ।’

personal-loan-300x300वासेल–२ को प्रावधानअनुरूप बैङ्कहरूको लगानी सुरक्षित गर्न र खराब कर्जाको परिणाम घटाउन सहयोग गर्ने उद्देश्यले राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्पत यस्तो घोषणा गरेको थियो । वाणिज्य बैङ्कहरूका लागि बासेल–२ को ‘एडभान्ष्ड एप्रोच’ लागू गर्ने सन्दर्भमा निश्चित सीमाभन्दा बढीको कर्जा तथा सुविधा प्रवाह गर्दा रेटिङ एजेन्सीबाट क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था क्रमशः लागू गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । यद्यपि राष्ट्र बैङ्कका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले ऋणी रेटिङका विषयमा अनौपचारिक छलफल भए पनि प्रक्रिया टुङ्गोमा पुगी नसकेको बताए ।

ऋणी रेटिङको माध्यमबाट सम्बन्धित कम्पनीको ऋण लिन सक्ने क्षमता, प्रतिस्पर्धात्मक क्षमता, रकम परिचालन क्षमता, सञ्चालन दक्षता, नयाँ प्रोजेक्ट (आयोजना)को प्रतिबद्धता, विगतको अवस्थालगायत विविध विषयमा जानकारी प्राप्त गर्न सकिने बताइएको छ । हाल यो कम्पनीले प्राथमिक शेयर निष्कासन, डिबेञ्चर निष्कासन (विभिन्न किसिमका ऋणपत्र) र शेयर निष्कासनकर्ता रेटिङ गरी तीनओटा पक्षको रेटिङ गर्दै आएको छ ।

पछिल्लो समयमा क्रेडिट रेटिङ (साख मूल्याङ्कन)प्रति सर्वसाधारणको आकर्षण निकै बढेको छ । कम्पनीहरूले आफ्नो ‘परफर्मेन्स’ मूल्याङ्कनका लागि स्वैच्छिक रूपमा रेटिङ गर्ने प्रचलन बढ्दै गएकाले यस्तो विश्लेषण गरिएको हो । स्थापना (काम शुरू)को करीब डेढ वर्षमा ‘इक्रा नेपाल’ले ४१ ओटा कम्पनीको विभिन्न पक्षको रेटिङ गरिसकेको छ । पछिल्लो समयमा रेटिङप्रति लगानीकर्ताको चासो र रुचि बढेको इक्रा नेपालका प्रबन्ध निर्देशक काप्mलेले जानकारी दिए ।

हालसम्म सिद्धार्थ बैङ्क, ग्लोबल आईएमई बैङ्क र नेपाल इन्भेष्टमेष्ट बैङ्कले ‘इस्युअर रेटिङ’ गराइसकेका छन् । यस्तै, थप  कम्पनी पनि यस्तो रेटिङ प्रक्रियामा रहेको बुझिएको छ । ‘इस्युअर रेटिङ’अन्तर्गत कुनै विशेष वस्तु (धितोपत्र)/सेवामा केन्द्रित नभई कम्पनीको समग्र पक्ष (सम्पत्ति), दायित्व, व्यवस्थापनलगायतको रेटिङ गरिन्छ । विदेशीलगायत स्वदेशी सङ्घसंस्थाले बैङ्क तथा वित्तीय संस्था/अन्य कम्पनीहरूसँग सम्बन्ध विस्तारका लागि कम्पनीको रेटिङलाई पनि आधार मान्ने भएकाले ‘इस्युअर रेटिङ’ गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

पछिल्लो समयमा सर्वसाधारण लगानीकर्ताले रेटिङका आधारमा लगानीसम्बन्धी निर्णय गरेको उदाहरण भेटिन थालेका छन् । रेटिङले समग्र पूँजीबजारकै वृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरू बताउँछन् । अहिले बजार विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताको सङ्ख्या कम रहेकाले पनि रेटिङले त्यस्ता लगानीकर्तालाई लगानीसम्बन्धी निर्णय गर्न सहयोग पुग्ने उनीहरूको तर्क छ  । ‘इक्रा नेपाल’ले गत २०६९ असोज १७ गते नेपाल धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको थियो  । यस्तै, सोही वर्षको पुस १० गतेदेखि यो कम्पनीले काम शुरू गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ