काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ५० हजार रुपैैयाँमा झरेको छ । केही दिनदेखि निरन्तर गिरावट आइरहेको सुनको भाउ आईतबार ५ सय रुपैयाँ सस्तो भइ कारोबार भइरहेको छ । यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँ घटेर ६ सय ९० रुपैयाँमा किनबेच भईरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा गिरावट आएपछि त्यसको असर नेपाली बजारमा परेको हो । गत साताभरमा सुन १ हजार ५ सय र चाँदी ४० रुपैयाँ सस्तो भएको छ । अमेरिकी डलर मजवुत भइरहेकाले सुनको भाउ अmभै गिरावट आउने अन्तर्राष्ट्रिय संचारमाध्यमले विश्लेषण गरेका छन् ।
प्रतिक्रिया