वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जेविल्स फाइनान्सको १५ % लाभांस

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । जेविल्स फाइनान्सको संचालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ४.७४ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र फाइनान्सको आगामी साधारणसभाबाट पारित भएपछि
वितरण हुनेछ ।

हाल २० करोड चुक्ता पुँजी रहेको फाइनान्सको बोनस सेयर पारित भएमा पुँजी २२ करोड पुग्नेछ ।

यसैगरी फाइनान्स संचालक समितिको बैठकले लक्ष्मीलाल नकर्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । यसैगरी गोपाल भण्डारीलाई प्रवन्ध निर्देशकमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ