वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साना किसानले देशलाई आर्थिक सम्बृद्धितर्फ लैजानुपर्छ: अर्थमन्त्री डा.महत

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले जमिनको अंशवण्डाका कारण देशमा भएका ठूला किसान पनि साना हुँदै गइसकेको बताउँदै साना व्यवसायी तथा किसानहरुले नै देशलाई आर्थिक सम्बृद्धि तर्फ लैजानु पर्ने बताएका छन् ।1313_DSC0030

 साना किसान विकास बैंकको अगुवाईमा पहिलो पटक आयोजना गरेको साना किसान सम्मेलन २०७१ को आइतबार उद्घाटन गर्दै मन्त्री महतले साना किसानहरु आगामी दिनमा गरिवि न्युनिकरणमा मात्र केन्द्रित नभइ सम्पन्नता र आर्थिक समुन्नती तर्फ लम्किनुपर्ने बताए ।

साना किसानको शुरुवात नै नेपालबाट भएको हो उनले भने, ‘नेपालको नुवाकोट र धनुषा जिल्लाबाट साना किसानको शुरुवात भएको थियो, ‘विदेशीले नेपाली मोडललाई अवलम्बन गर्दै कृषि क्षेत्रमा ठूलो फड्को मारिसकेका छन् ।’

नेपालको भु–बनोटका कारण विभिन्न प्रकारका खेतीको सम्भावना रहेको जानकारी दिँदै भौगोलिक विविधताका आधारमा कृषि खेतीमा लाग्नु पर्ने उनको भनाई थियो ।

पछिल्लो समय नेपालबाट अलैची, अदुवा, कफी लगायतका कृषि उपज उल्लेख्य मात्रामा निर्यात भइरहेकोको बताउँदै आगामी दिनमा तुलनात्मक लाभका बस्तु उत्पादन तर्फ कृषिकहरु लाग्नु पर्ने उनले बताए ।

आर्थिक समुन्नतिका लागि ग्रामीण क्षेत्रमा सरकारी संस्थाहरु स्थापना गरिनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले बताए । ‘साना किसानले गाउँ–गाउँमा राम्रो काम गरेका छन्,’ उनले भने, ‘तर, त्यसलाई उचित व्यवस्थापन गर्न सकिएको छैन ।’ हाल कृषि क्षेत्रमा राम्रा तथा नराम्रो दुवै भएकाले आगामी दिनमा यसलाई नीतिगत रुपमै व्यवस्थित गरिनुपर्ने पोखरेलको भनाई रहेको छ ।

‘हाल देशमा २३ प्रतिशत जनसंख्या गरिविको रेखामुनि रहेकोमा केही समय अघि भएको प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई परिपुर्ति गर्न नसकिए उक्त प्रतिशत बढेर ३५ पुग्ने छ,’ उनले भने, ‘देशमा गरिविको संस्था घटाउनका लागि पनि सरकार लगायत विभिन्न सरोकारवाला निकायले दैविक प्रकोपबाट साना किसानमा पर्न गएको क्षतिलाई न्युनिकरण गर्नुपर्छ ।’

कार्यक्रममा सम्मेलन मुल आयोजक कमिटिका अध्यक्ष कृष्ण उपाध्यायले सरकारले नीति निर्माण र प्रणाली विकासमा सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भर्नर डा. युवराज खतिवडाले नेपालका ६० प्रतिशतभन्दा बढी कृषक निरक्षर रहेको बताउँदै आगामी दिनमा त्यस्ता किसानलाई पनि साक्षर बनाउनु पर्नेमा जोड दिए ।

‘सरकारले साना किसानलाई विभिन्न शिर्षकमा अनुदान तथा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘निरक्षर भएकै कारण त्यस्ता किसानहरुले सरकारले उपलब्ध गराउँदै आएको अनुदान तथा सहुलियत कर्जा उपयोग गर्न सकेका छैनन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ