वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतले जापानी सांसद सुरुहोलाई भने-सडक सिँचाई र विद्युतमा लगानीको आवश्यकता छ

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महत र नेपाल भ्रमणमा रहेका जापान नेपाल संसदीय संघका महासचिव तथा सांसद योसुको सुरुहोबीच आइतबार भेट भएको छ ।DSCN4774भेटका अवसरमा अर्थमन्त्री डा. महतले सडक, सिंचाई, बिद्युत जस्ता नेपालको ग्रामीण पूर्वाधारका क्षेत्रमा स्रोत परिचालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सरकारले यिनै क्षेत्रमा लगानी केन्द्रित गरिरहेको बताए । डा.महतले समष्टिगतरुपमा कृषि, पर्यटन र जलबिद्युत तीन प्रमुख प्राथमिकताका क्षेत्रहरु रहेको बताए ।

पछिल्ला दिनहरुमा नेपालमा पर्यावरणीय परिवर्तनको नकारात्मक प्रभावका कारण प्राकृतिक बिपत्तिका घट्नाहरु बढ्दै गएको उल्लेख गर्दै यस्ता दुर्घटनाहरुमा सहयोग गर्ने जापानी इच्छाको सराहना गरे । यसअघि सबै किसिमका प्राकृतिक बिपत्तिका घट्नाहरु जापानमा हुने गरेको जानकारी दिदै संघका महासचिव तथा सांसद सुरुहोले नेपाललाई प्राकृतिक बिपत्तिका घट्नाहरुमा सहयोग गर्न अनुरोध आएमा सकारात्मक ढंगले सहयोग गर्ने जानकारी दिए ।

महासचिव तथा सांसद सुरुहोले जापानको सहयोगमा निर्माणाधीन बनेपा बर्दिबास सडक यसैबर्ष भित्र निर्माण पूरा हुने जानकारी पाएको उल्लेख गर्दै दुई मुलुकबीचको संसदीय सम्वन्धलाई प्रगाढ बनाउनुपर्नेमा पनि जोड दिए ।

सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा पदाधिकारीहरु र नेपालस्थित जापानी राजदूत मासासी ओगावा तथा दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ