वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंक, डोलिडार र आइएलओबीच सम्झौता निर्माणमा खटिएका कामदारलाई वित्तिय सेवा दिइने

अर्थटुडे
२०७१ कार्तिक १६, आईतवार

काठमाडौं । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) मा सम्बद्ध पक्षहरुलाई सहयोग पु¥याउने उद्देश्यले आइतबार त्रिपक्षीय सम्झौता भएको छ ।Mega-Bank-Doliar

नेपाल सरकार र विश्व बैंकले आगामी ५ बर्षका लागि ३३ जिल्लामा डोलिडारमार्फत संचालन गरेको सो कार्यक्रममामा सहयोगको लागि मेगा बैंक, स्थानीय पुर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बीच त्रिपक्षीय सम्झौता भएको हो ।

मेगा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठ र आइएलओका निर्देशक जोश असालिनोले सम्झौतापत्रमा हस्ताक्षर गरे । डोलिडारको यस कार्यक्रम अन्र्तगत ३ हजार ३ सय ११ किलोमिटर ग्रामीण सडक निर्माण गर्ने उद्देश्य लिइएको छ भने १५ सय कामदार संलग्न हुने छन् ।

ग्रामीण सडक निर्माणमा संलग्न तिनै कामदारलाई सहज रुपमा आर्थिक सेवा प्रदान गर्नुका साथै उद्यमशिलताको विकासका लागि मेगा बैंक, डोलिडार र आइएलओबीच यो सम्झौता भएको हो । बैंकले सम्झौता अनुसार आफ्ना शाखा रहेका क्षेत्रका सडक निर्माणमा संलग्न कामदार एवं साना मझौला व्यवसायीलाई वित्तीय सेवा विस्तार गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ